स्थानीयका लागि तिहारको संघारमा कोरला नाका खोल्ने तयारी
मुस्ताङ | कात्तिक २१, २०८०
मुस्ताङ: स्थानीयलाई लक्षित गरी तिहारको छेको पारेर मुस्ताङको कोरला नाका खोल्ने तयारी भएको छ ।
नेपाल– चीन जोड्ने उपल्लो मुस्ताङको कोरला नाका चीन सरकारको आमन्त्रणमा यही कात्तिक २७ गते सीमा खोल्ने तयारी भइरहेको गण्डकी प्रदेशका निवर्तमान सभासदस्य इनद्रधारा विष्टले जानकारी दिए ।
उनका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाकाको नोपली समयानुसार बिहानको १० बजे र चिनियाँ समयानुसार दिउसो १ बजे उद्घाटनका निम्ति तयारी भइरहेको छ ।
पर्वको छेको पारेर केही दिन खुल्ने सो नाकामा नेपाल र चीन दुवैतिरका स्थानीय ३० किलोमिटरसम्म आवतजावत र व्यापार व्यावसाय गर्न पाउने एक प्रहरी अधिकृतले बताए ।
‘एक खालको छलफलपछि हामी तयारीमै छौं, मौखिक कुरा भएपनि पत्र नै आएको छैन, ति प्रहरी अधिकृतले भने, ‘भन्सार नै चल्ने गरी खुल्न लागेको होइन । पहिलेजस्तै स्थानीयका लागि पर्वको बेला खोल्ने तयारी हो ।’
सो कार्यक्रममा सहभागिताका लागि लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीय व्यापारी र सर्वसाधारण स्थानीय बासिन्दाहरुलाई आमन्त्रण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रदान गरेको सीमा पास कार्ड र नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य साथमा लैजानुपर्ने बताइएको छ ।
केही दिनका लागि सो नाका खुल्ने भएपछि लो–घेकर, दामोदरकुण्ड गाउँपालिकाका र लोमन्थाङ गाउँपालिकाकाका स्थानीय तथा मुस्ताङबासीहरु हर्षिद बनेका छन् ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

